मुक्तिनाथ कृषि कम्पनीले आइपीओ जारी गर्ने



काठमाडौं । मुक्तिनाथ बिकास बैंकलगायत नेपालका ८ सय ६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

२०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।

उक्त सेयर निष्काशनका लागि यही असोज २१ गते मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । योसँगै संस्थागतरुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने कम्पनीका कार्यकारी अध्यक्ष ढकालले बताए ।

सम्झौता अनुसार यही वर्षको चैत मसान्तभित्र आइपीओ निष्काशनको सबै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ । यसअन्तरगत सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ ।


क्लिकमान्डु