कर्जा तथा व्याजदर सम्बन्धी जानकारी दिने ‘सरल बैंकिङ सेवा’ सञ्चालनमा



काठमाडौं । निक्षेप कर्जा तथा व्याजदरको सम्पूर्ण जानकारी सरलरुपमा प्रदान गर्ने उद्देश्यसहित सरल बैकिङ सेवा सञ्चालनमा आएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदर सहित अनलाइन बैकिङ्ग सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले घटस्थानाको दिनदेखि सरल बैंकिङ सेवा सञ्चालनमा आएको हो ।

सरल बैंकिङ सेवामा बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने निक्षेप कर्जा, व्याजदरको तुलना गर्न सकिने छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्याजदरबीच तुलना गर्न सकिनेछ ।

साथै, यसमा आफैंले कर्जाको लागि आवश्यक मासिक किस्ता (इएमआई) तथा इलिजिबिलिटी क्याल्कुलेट (योग्यता मापन) गर्न सकिनेछ । त्यसैगरी, यसमा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने क्रेडिट कार्डबारे सम्पूर्ण जानकारी समेत उपलब्ध छ ।

सरल बैंकिङ सेवामा क्लिक गरेवापत ग्राहकले कुनै शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । साथै, कर्जा तथा व्याजदर सम्बन्धी कुनै किसिमको जानकारी चाहिएमा ग्राहकहरुले सीधै साइटमा गएर त्यहाँ भएको च्याट बक्समा म्यासेज गरेर पनि सहायता लिन सक्नेछन् । अथवा, दिइएको फोन नम्बरमा सीधै फोन गरेर पनि आवश्यक सहयोग लिन सक्नेछन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदर सम्बन्धि सानो भन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुको भ्रमण गरिरहनु पर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेका हौं,’ कम्पनीका प्रवन्ध निर्देशक सुनिसकुमार लाखेले लाखेले भने, ‘सरल बैकिङ सेवा सञ्चालनमा आएसँगै यसले नामअनुसार ग्राहकहरुलाई सरल तरीकाबाट थप सेवाहरु प्रदान गर्नेछ ।’

विशेषगरी, अबको केही समयमा सरल बैकिङ सेवामा आवद्ध हुन चाहने सेवाग्राहीले सरल बैंकिङ सेवामा लग इन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तीय संथामा सजिलै खाता खोल्न सकिने तथा कर्जाका लागि आवश्यक प्रोसेस अगाडी बढाउन सकिने समेत लाखेले जानकारी दिए ।


क्लिकमान्डु