खोपले बढाउँदै अर्थतन्त्र, २०२२ मा ३.९% आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्रमा कोरोना विरुद्धको खोप प्रभावकारी भएको बताएको छ । कोरोनाविरुद्धको खोपका कारण नेपालको अर्थतन्त्रका साथै पर्यटन क्षेत्र पनि बिस्तारै बढ्दै गएको बैंकको भनाइ छ ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.९ प्रतिशतको हुने प्रक्षेपण गरेको छ । तर यो महामारी शुरु हुनुभन्दा अघिको तुलनामा अझै कम भएको बताएको छ ।

विश्व बैंकले महामारीका कारण दक्षिण एसियाली देशहरु अझै पनि तंग्रिन नसकेको बताएको छ । नेपालको हकमा बिस्तारै आर्थिक गतिविधिहरु बढ्दै गएको पनि बैंकको भनाइ छ ।

विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धि ७.१ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले दक्षिण एसियामा कोरोना भाइरस महामारीका कारण ४८ लाखदेखि ५९ लाख व्यक्तिको मृत्यु हुने अनुमान गरेको थियो ।


क्लिकमान्डु