यो वर्ष साधारणसभा बोलाउने पहिलो बैंक बन्यो माछापुच्छ्रे, यस्ता छन् एजेण्डा



काठमाडौं । माछापुच्छ्रे बैंकले २३औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी कात्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने भएको हो ।यो सँगै माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा साधारणसभा बोलाउने पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकलाई शेयरधनीलाई सञ्चित नाफाबाट १ अर्ब २० करोड बोनस शेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले शेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द हुने बैंकले जनाएको छ । कात्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाने छन् ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैया संचित छ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेको छन् ।

त्यस्तै साधारणसभा समक्ष बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आपसमा गाभ्न तथा गाभिन तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ।

साथै, साधारणसभाले संचालक समितिमा रिक्त रहेको संचालक पवमा संचालक समितिले साविक संचालकको बाँकी कार्यकालसम्मको लागि गरेको संचालकहरुको नियुक्ती अनुमोदन गर्नेछ ।त्यसैगरी संचालकहरुको बैठक भत्ता बढाउने प्रस्ताव पनि गरेको छ ।


क्लिकमान्डु