एक तले घर बनाउँदा स्ट्रक्चर, फिनिसिङ र फर्निसिङका लागि कति खर्च लाग्छ ?



काठमाडौं । कुनै पनि घर निर्माण गर्नुभन्दा अगाडि हामीले बजेट छुट्टयाउनु सबैभन्दा पहिलो काम हो । बजेट अनुसार नै कस्तो घर बनाउने भन्ने निर्णय हुन्छ ।

घर निर्माण गर्नुभन्दा अगाडि सबै मानिसले परामर्शदातासँग कसरी र कुन डिजाइनमा बनाउन सकिन्छ भन्ने विषयमा थाहा पाउन जरुरी हुन्छ । इञ्जिनियर र परामर्शदाताको सहयोगमा कसरी र कस्तो घर बनाउने भन्ने विषयमा स्पष्ट भएर मात्रै घर बनाउन सजिलो हुन्छ ।

घर बनाउँदा कति लागतको बनाउने, कस्तो र कसरी भन्नेमा स्पष्ट भएमा सोहीअनुसार घर बनाउन सहज हुन्छ । त्यसैले, घर बनाउनुअघि कति लागतको घर बनाउने भन्ने विषयमा स्पष्ट हुनुपर्दछ ।

घर निर्माण गर्दा प्रति स्क्यावर फिटको लागत गति लाग्छ त ? घर बनाउँदा कति स्क्वायर फिटका घर बनाउनेमा स्पष्ट हुनुपर्दछ । तर, घरको बनाउँदा प्रति स्क्वायर फिटमा कति खर्च हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले, घर बनाउनु अघिकति स्क्वायर फिटको बनाउनेमा स्पष्ट भई लागत निकाल्न सकिन्छ ।

उपत्यकामा आरसीसी अर्थात् पक्की घरको प्रति स्क्वायर फिटको लागत भनेको घर बनाउनेको लागि गरिएको अनुमान हो । घरको सही लागतको कति हुन्छ भन्नको लागि पहिलो घरको डिजाइन, कस्तो निर्माण सामग्री प्रयोग गर्ने र कस्तो फिनिसिङ चाहिने थाहा हुनुपर्ने इन्जिनियर विपिन गैरे बताउँछन् । उनकाअनुसार निर्माण गर्न लागिएको घर कति टाढा, नजिक र कस्तो स्थानलगायत धेरै कुराले फरक पार्दछ ।

सामान्यतया कुनै पनि घर बनाउनअघि आफ्नो घरको लागत अर्थात आर्थिक रुपमा तयार गर्नका लागि प्रति स्क्वायर फिटको आँकलन निकै नै सहज हुने उनको भनाइ छ ।

‘घरको लागत तयार गर्नका लागि तीन भागमा विभाजन गर्न सकिन्छ । एउटा स्ट्रक्चर, फिनिसिङ र फर्निसिङ । त्यसमा, यी तीन वटैको प्रति स्क्वारफिटको लागत छुट्टाछुट्ट हुने गर्दछ,’ उनले भने ।

उनकाअनुसार प्रति स्क्वायर फिटका लागि औसतमा स्ट्रचरमा २५ सय, फिनिसिङमा १५ सय र फर्निसिङमा १ हजार रुपैयाँ खर्च हुन्छ ।

स्ट्रक्चर भनेको हातीपाइले, बीम, पिलर, प्लास्टर, वाल, कोरामसिनो गर्ने र चौकस हाल्ने । फिनिसिङमा टायल, मार्बल, रङ, बत्ती, स्यानिटरीको काम र झ्याल ढोकाको काम पर्दछ । फर्निसिङ भनेको फर्निचर, पर्दा, मोडलर किचेनलगायत अन्य सजाउने कार्य पर्दछ ।

स्ट्रक्चरमा त्यति धेरै लागत फरक नपर्ने उनको दाबी छ । घर बनाउँदा सजिलोका लागि स्ट्रक्चरको लागत प्रति स्क्वायर फिटको २५ सय रुपैयाँ अनुमान गरे हुन्छ । प्रति स्क्वायर फिट नाप्नका लागि ढलानको क्षेत्रफल कति छ त्यति नाप्दा सहज हुने उनले उल्लेख गरे ।

फिनिसिङको लागि भने लागतमा धेरै फरक पर्दछ । फिनिसिङका लागि १५ सय रुपैयाँभन्दा बढी प्रतिस्क्वायर फिटको लागत पर्दछ । १५ सय प्रतिस्क्वायर फिटको हिसाब गर्दा घरको छतको क्षेत्रफल ३ हजार स्क्वायर फिटको छ भने ४५ लाख रुपैयाँ फिनिसिङको लागत लाग्दछ । त्यसमा बत्ती, पानी, टायल, मार्बल, रङलगायत सम्पूर्ण अन्य कार्य पर्छ ।

त्यस्तै, भुईतल्ला र पहिलो तल्लाको क्षेत्रफल १ हजार स्क्वायर फिट र दोस्रो तल्लाको ५ सय स्क्वायर फिटको छ भने २५ सय स्क्वायर फिटको लागि १५ सयमा गुणा गर्दा फिनिसिङको लागत आउँदछ । अथवा घरको जति क्षेत्रफल छ त्यसमा १५ सयले गुणा गर्न सकिन्छ । त्यसमा आफूले प्रयोग गर्ने सामग्रीको आधारमा भर पर्ने भएकाले सामान्यतया १५ सयदेखि ३ हजार रुपैयाँसम्म प्रति स्क्वायर फिटको खर्च हुन्छ । साथै, घटाउन चाहेमा पनि सोहीअनुसारको सामग्री प्रयोग गरी घटाउन सकिन्छ ।

२५ सय स्क्वायर फिटको घर निर्माण गर्ने भएकाले प्रति स्क्वायर फिटको मूल्य १ हजारभन्दा बढी रहेकाले फर्निसिङमा २५ लाख बढी खर्च हुन्छ । त्यसमा, आफूले प्रयोग गर्ने सामग्रीमा भर पर्ने उनको भनाइ छ ।

एक तल्लाको घरको स्क्वायर फिटको लागत कति ?
एक तल्ला घरमा सामान्यतया जगको लागत धेरै हुन्छ । एक तला घरमा भने स्क्वारफिट लागू हुँदैन । यसमा डीपीसीको क्षेत्रफल कति छ त्यसलाई २ हजारले गुणा गर्नुपर्छ । स्ट्रक्चरको लागतको लागि घर १ हजार स्क्वारफिटको छ भने डीपीसीभन्दा तलको कामको लागि २० लाख रुपैयाँ खर्च हुन्छ । त्योभन्दा माथिको लागि २ हजार रुपैयाँ प्रति स्क्वारफिटमा क्षेत्रफलको आधारमा गर्न सकिन्छ ।

त्यसमा १ हजार स्क्वारफिट छ भने २० लाख रुपैयाँ खर्च हुनेछ । त्यसैगरी फिनिसिङ र फर्निसिङमा कस्तो सामग्री प्रयोग गर्ने त्यसको आधारमा खर्च तयार गरी लागत निकाल्न सकिन्छ ।


क्लिकमान्डु