प्लास्टिक सिटको आयात खुल्ला, ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगमा प्रतिबन्ध



काठमाडौं । सरकारले प्लास्टिक सिटको आयातमा खुल्ला गरेको छ । वन तथा वातावरण मन्त्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशन गर्दै प्लास्टिक सिटको आयातमा खुल्ला गरेको हो ।

साथै, सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला वा अन्य प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ ।

‘सरकारले औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदर्थाको रुपमा प्रयोग हुने प्लाष्टिकजन्य कच्चा पदार्थबाहेक ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला वा अन्य प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेकोले सूचना प्रकाशन गरेको छ,’ प्रकाशित राजपत्रमा उल्लेख छ । साथै, गत भदौ २८ गते जारी गरेको राजपत्रमा प्रकाशित यस मन्त्रालयको सूचना खारेज गरेको जनाएको छ ।

सरकारले प्याकेजिङ तथा अन्य उद्योगको कच्चा पदार्थ तथा अर्धतयारी कच्चा पदार्थका रूपमा प्रयोग हुने प्लास्टिक सिटको आयात पुनः खुला गरेको हो ।


क्लिकमान्डु