सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएकोमा ८९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु