श्री एयरलाइन्सको विमान ट्याक्सी वेबाट घिस्रिएर घाँसेमैदान पुग्यो



काठमाडौं । काठमाडौंबाट नेपालगञ्जका लागि उडान हुने तयारीमा रहेको श्री एयरलाइन्सको विमान ट्याक्सी वेबाट घिस्रिएर घाँसेमैदानमा पुगेको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ८० जना सवार थिए ।

विमानस्थलका अनुसार श्री एयरलाइन्सको ९एनएएनएफ कल साइन भएको क्यू४००–८ विमान काठमाडौं–नेपालगजञ्का लागि विहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जान ट्याक्सी वेबाट पार्किङ स्तरमै रहेको घाँसेमैदानमा फसेको छ । विमानको एउटा पांग्रा घाँसेमैदानमा फसेकको हो ।

विमानमा समस्या आएपछि यात्रुहरुलाई अर्को विमानबाट गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ ।

विमानमा महेश्वरी डंगोल र प्रतिष्ठा कार्की चालक रहेको श्री एयरलाइन्सले जानकारी दिएको छ ।


क्लिकमान्डु