सेयर बजारमा निराशा : नेप्से परिसूचक २५७० बिन्दुमा, ३ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा निराशा देखिएको छ । कारोबार रकमको हिसाबले हेर्दा सेयर बजारमा लगानीकर्ताहरु निराश देखिएका छन् ।

सोमबार नेप्से परिसूचक ६.६८ अंकले घटेर नेप्से परिसूचक २५७० बिन्दुमा झरेको छ । २२७ कम्पनीको सेयर किनबेच भएको छ । नेप्से परिसूचक ३२ सय अंकबाट झरेर २५७० बिन्दुमा आएको हो ।

सोमबार २५९५ बिन्दुसम्म नेप्से परिसूचक पुगेपनि बजारले बियरिस ट्रेण्ड नै समातेको देखिएको छ । सूचिकृत कम्पनीले लाभांश घोषणा गरेपनि त्यसको असर सेयर बजारमा पर्न सकेको छैन ।

सोमबार सबैभन्दा बढी आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आशा लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ । यस्तै सबैभन्दा गुमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु