प्राधिकरणले उद्योगीलाई भन्यो- विजुली पर्याप्त छ, कति चाहिन्छ माग गर्नुहोस्



काठमाडौं । उद्योगहरुले विद्युत् माग गरिरहँदा पनि विजुली नपाएको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भने आवश्यक विद्युत् माग गर्न आह्वान गरेको छ ।

हाल वर्षाको समयमा विद्युत् मागभन्दा बढी उत्पादन भएर खेर गरिरहेको र आगामी डेढ वर्षभित्र हिउँदमा मुलुक विद्युत्मा आत्मनिर्भर हुने भएकाले आवश्यक विद्युत् माग गर्न आह्वान गरेको हो ।

प्राधिकरणले देशका विभिन्न औद्योगिक सहरमा माग अनुसार थप विद्युत् आपूर्ती गर्न प्रसारण÷वितरण लाइन तथा सबस्टेसनहरुको बिस्तार कार्यलाई व्यापक बनाउन सहज र सरल हिसाबले शीघ्र उपलब्ध गराउने व्यवस्था मिलाइएको समेत दाबी गरेको छ ।

प्राधिकरणले ठूला औद्योगिक ग्राहकहरुले प्राधिकरणको १३२ केभी प्रसारण लाइनको आसपासमा विद्युत् माग गरेमा तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको समेत बताएको छ ।

त्यसैले ग्राहकलाई सकेसम्म प्राधिकरणको प्रसारण/वितरण लाइन एवम् सवस्टेसन टाढा भएमा कहिलेसम्म के कति मात्रामा विद्युत् शक्ति आवश्यक हुने हो खुलाई तत्काल माग गर्न पनि अनुरोध गरेको छ ।

प्राविधिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरुमा तत्काल र प्राविधिक दृष्टिकोणबाट तत्काल सम्भव नभएका स्थानमा प्राधिकरण थप लाइन तथा सबस्टेसनहरु बिस्तार गरी ग्राहकको माग अनुसार छिटोभन्दा छिटो विद्युत् आपूर्ती गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।


क्लिकमान्डु