गाडी किन्न लागि यी बैंकहरुले दिन्छन् ‘फिक्स्ड’ ब्याजदरमा कर्जा, दशैं अफरले थप सहज




काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा विभिन्न अटोमोबाइल्स कम्पनीहरुले सवारी साधान खरिदमा विभिन्न अफरहरु ल्याउन थालिसकेको छन् । अहिले दशैं-तिहारलक्षित गरी ल्याइएका अफरमा छुटसँगै डाउनपेमेन्ट र सस्तो ब्याजदर पनि हुन्छन् ।

बैंक तथा वित्त कम्पनीहरुले राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत प्रयोजनमा सवारी खरिद गर्दा ५० प्रतिशत र विद्युतिय सवारी खरिद गर्न ८० प्रतिशतसम्म कर्जा दिन्छन् । साथै, संस्थागत सवारी खरिद गर्ने बैंक तथा वित्त कम्पनीले आफ्नो प्रोडक्ट पेपरअनुसार सवारी साधान मुल्यको ८० प्रतिशतसम्म कर्जा दिन्छन् ।

यसरी दिने कर्जाको ब्याजदर भने बैंक तथा वित्त कम्पनीहरुले स्थीर तथा परिवर्तित दुबै निर्धारण गरेका हुन्छन् । स्थिर ब्याजदर कर्जा सम्झौताअनुसार तोकिएको समय अवधिसम्म परिवर्तन हुँदैन भने परिवर्तित ब्याजदर बैंकको बेसरेट परिवर्तनसँगै थपघट हुन्छ ।

बैंक तथा वित्त कम्पनीहरुले बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गरेका हुन्छन् । स्थीर ब्याजदर पनि केही बैंकहरुले समयअवधि तोकेर बेसरेटमा प्रिमियम थप गरी निर्धारण गरेका छन् ।

परिवर्तित ब्याजदरभन्दा स्थिर ब्याजदर केही प्रतिशत धेरै नै हुन्छ । तर, निश्चित आम्दानी भएकाले डाउनपेमेन्टमा सवारी खरिद गर्ने हो भने स्थीर ब्याजदरमा नै उपयोगी हुन्छ ।

अहिले अधिकांश वाणिज्य बैंकहरुले असोजदेखि लागू हुने गरी कर्जा तथा निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सोसँगै चाडपर्वमा सवारी सरिद गर्ने ग्राहकलाई लक्षित गरी नयाँ ब्याजदर निर्धारण सार्वजनिक गरेका हुन् ।

स्थिर ब्याजदरमा बैंकहरुले सवारी कर्जामा १ वर्षदेखि १५ वर्ष अवधिका लागि ब्याजदर निर्धारण गरेका छन् । जसमा ९ प्रतिशतदेखि १४ प्रतिशतसम्म बयाजदर तोकेका छन् ।

परिवर्तित ब्याजदरमा सवारी खरिद गर्नका लागि बैंकहरुले ७ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

कुन बैंकको सवारी खरिदमा कति ब्याजदर ?

बैंकहरुले यसअघि निर्धारण गरेको बेसरेट र असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेका कर्जाको ब्याजदरको आधारमा सवारी कर्जाको रिपोर्ट तयारी गरिएको हो । बैंकहरुले बेसरेट परिवर्तन गर्दा सो ब्याजदर परिवर्तनसँगै उल्लेखित सवारी कर्जाको ब्याजदर समेत परिवर्तन हुनसक्छ ।

कृषि विकास बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी खरिद गर्न ७.१३ प्रतिशतदेखि १२.१३ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १ वर्ष अवधिका लागि ९ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ ।

बैंक अफ काठमाण्डूः बैंकले परिवर्तित ब्याजदरमा सवारी खरिद गर्न १३.३० प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्ष अवधिका लागि ९.९९ प्रतिशत र १० वर्षको लागि ११.४९ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ ।

सेञ्चुरी बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी खरिद गर्न ११.५५ प्रतिशतदेखि १२.५५ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि ७ वर्ष अवधिका लागि ११.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिन्छ ।

सिटिजन्स बैंकः बैंकले परिवर्तित ब्याजदरमा ८.०९ प्रतिशतदेखि १२.८४ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षको लागि १०.५० प्रतिशत ब्याजदरमा कर्जा दिन्छ ।

सिभिल बैंकः बैंकले परिवर्तित ब्याजदरमा ११.८९ प्रतिशतदेखि १२.८९ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ७ वर्षको लागि १०.८९ प्रतिशत ब्याजदरमा कर्जा लिन्छ ।

एभरेष्ट बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न ८.३५ प्रतिशतदेखि १०.८५ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ७ वर्षको लागि १०.४९ प्रतिशत र १० बर्षको लागि ११.४९ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ ।

हिमालयन बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न ११.७५ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ७ वर्षको लागि ९.४९ प्रतिशतमा कर्जा दिन्छ ।

कुमारी बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १४.६५ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि १० वर्ष अवधिका लागि ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

लक्ष्मी बैंकः बैंकले परिवर्तित ब्याजदरमा सवारी कर्जा खरिद गर्न ११.९७ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि ९.९९ प्रतिशतदेखि १३.९९ प्रतिशतमा कर्जाको ब्याजदर तोकेको छ ।

माछापुच्छ्रे बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १३.८० प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतमा कर्जाको ब्याजदर तोकेको छ ।

मेगा बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.०१ प्रतिशतदेखि १४.०१ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १ वर्षमाथि १४.०१ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ ।

नबिल बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १२.५२ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि ७ वर्ष अवधिसम्मका लागि ८.९९ प्रतिशतदेखि ११ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ ।

एनसीसी बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ११.५७ प्रतिशतदेखि १२.५७ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि १०.२५ प्रतिशतदेखि १०.७५ प्रतिशतमा कर्जाको ब्याजदर तोकेको छ ।

नेपाल बंगलादेश बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १० प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत र सोभन्दा माथिका लागि १०.९९ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ ।

नेपाल बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.२८ प्रतिशतदेखि ९.८९ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १ माथिका लागि १०.८५ प्रतिशतदेखि १२.८५ प्रतिशतसम्म कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १२.३५ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ३ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि १२.५० प्रतिशतदेखि १४ प्रतिशतमा कर्जाको ब्याजदर तोकेको छ ।

नआइसी एशिया बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १२.८४ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १० वर्ष अवधिका लागि १२.७७ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ ।

एनएमबी बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ८.३४ प्रतिशतदेखि ११.८४ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १ वषमाथि ११.८४ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ ।

प्रभु बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १२.१० प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि १०.२४ प्रतिशतदेखि ११.२४ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ ।

प्राइम बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १४.२० प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा १ वर्षमाथि ११ प्रतिशतसम्म कर्जा दिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.४१ प्रतिशतदेखि ८.४१ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ७ वर्षसम्मका ९.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

सानिमा बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १३.३४ प्रतिशतसम्म कर्जा दिन्छ ।

सिद्धार्थ बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ११.८३ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशतमा र ५ वर्षमाथिका लागि १०.४९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न ७.७६ प्रतिशतदेखि ९.५१ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षमाथि ७ वर्षमाथिसम्मका लागि लागि ९.७५ प्रतिशतदेखि १०.२५ प्रतिशतसम्म कर्जा दिन्छ ।

सनराइज बैंकः परिवर्तित ब्याजदरमा बैंकले सवारी कर्जा खरिद गर्न १३.०१ प्रतिशतसम्म कर्जा दिन्छ । साथै, बैंकले स्थीर ब्याजदरमा ५ वर्षदेखि ८ वर्ष अवधिसम्मका लागि १२.७५ प्रतिशतदेखि १४ प्रतिशतसम्म कर्जाको ब्याजदर तोकेको छ ।


क्लिकमान्डु