विद्युतीय सवारीको प्रयोग बढोस् भनेर मोटरसाइकलमा कर बढाएँः अर्थमन्त्री



अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने बताएका छन् ।

प्रतिस्थापन विधेयक प्रस्तुत भएपछि आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले मोटरसाइकल समेत विद्युतीय होउन भन्ने आफ्नो चाहना रहेको बताए ।

मध्यम वर्गीयले प्रयोग गर्ने १२५ सीसीदेखि १५५ सीसीसम्मको दुई पांग्रे सवारीमा कर बढाइएको विषयमा बोल्दै उनले आफूले मोटरसाइकल पनि विद्युतीय होउन् भन्ने अभिप्रायले कर बढाएको आशय व्यक्त गरे । महंगा गाडीमा कर किन नबढाइएको भन्ने प्रश्नमा कर बढाउने भन्दा पनि सरकारले अब महंगा गाडी खरिद गर्दा विद्युतीय सवारी खरिदमा जोड दिनुपर्ने बताए ।

उनले देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने बताए । उनले विद्युतीय सवारी उत्पादन गर्न चाहने कम्पनी स्थापनाका लागि सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।


क्लिकमान्डु