सेयर टाइकुन झुनझुनवालाले सेयर बजारबाट यसरी कमाउँदैछन् अर्बौ



एजेन्सी । सेयर बजारमा देखिएको उच्च वृद्धिका कारण नेपालमा पनि केहीले राम्रै कमाएका छन् । यो क्रम संसारभर नै रहेको छ ।

भारतको सेयर बजारका लोकप्रिय सेयर कारोबारी राकेश झुनझुनवालाले पछिल्लो पटक केनरा बैंकको मात्रै २.८८ करोड भारु बराबरको सेयर खरिद गरेका छन् ।

बुल मार्केटको फाइदा लिँदै उनले सेयर बजारमा आफनो थप प्रभुत्व स्थापित गर्दै लगेका छन् । यसले भारतीय बजारमा नयाँ लगानीकर्तालाई समेत अगाडि बढ्न प्रेरित गरेको अर्थका रुपमा लिइएको छ ।

गत अप्रिलदेखि जुनको बीचमा उनले सो परिमाणको सेयर खरिद गरेको विवरणहरु सार्वजनिक भएको छ । कोरोनाका काराण अन्य क्षेत्रको लगानी सेयर बजारमा केन्द्रित भएपछि संसारभर नै सेयर कारोबारीको दिन आएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले स्टील अथोरेटी अफ इण्डियाको ५.७५ करोड र इण्डिया बुल्स हाउजिङको १ करोड भारु बराबरको हिस्सेदारी बनाएका छन् ।

जुनसम्मको विवरण अनुसार सेयर होल्डिङमा देखिएको प्याटर्नका कारण पनि केनारा बैंकमा झुनझुनवालाको प्रवेश राम्रै देखिएको हो । उनले आर्थिक वर्ष २०२१-२२ को पहिलो त्रैमासमा स्टिल अथोरेटी अफ यण्डियाको समेत सेयर खरिद गरेका थिए ।

उनले एडलवाइस फाइनान्सिियल सर्भिसमा आफनो हिस्सेदारी ०.४ प्रतिशतबाट बढाएर १.६ प्रतिशत प्र्याएका छन् । फेडरल बैंकमा उनले ०.३८ प्रतिशत हिस्सेदारी बढाएका छन् । सोही समयमा उनले टाइटन कम्पनीको ०.३ प्रतिशत हिस्सेदारी घटाएर ४.८ प्रतिशत कायम गरेका छन् । उनको टाइटन कम्पनीमा मात्रै २२.५ लाख कित्ता सेयर क्रिी गरेका थिए । उनले अटोलाइन इन्डस्ट्रिजको १.०३ प्रतिशत बराबरको हिस्सेदारी कम गरेका छन् ।

त्यस्तै टाटा मोर्टसमा ०.१५ र अपटेक लिमिटेडमा ०.०४ प्रतिशत बराबरको हिस्सेदारी समेत घटाएका छन् । केनरा बैंकले पछिल्लो १ वर्षमा ४३ प्रतिशत बराबरको रिटर्न दिएको छ । यस दौरान सेयरको मूल्य १०७ ले बढेर १५६ बराबर पुगेको छ । २०१० को नोभेम्बरमा सेयरको मूल्य ७०० बराबर पुगेको थियो । सो बैंकको कूल बजार पूँजीकरण २७ हजार ७४७ करोड भारु बराबर पुगेको छ ।


क्लिकमान्डु