सेबोनले ५१ कम्पनीको सूची सार्वजनिक गर्ने दिन र अघिल्लो दिन २ अर्बको सेयर बिक्री, कस्ले कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५१ कम्पनीको सूची सार्वजनिक गर्ने दिन र अघिल्लो दिन करिब २ अर्ब रुपैयाँ बराबरको विभिन्न कम्पनीले सेयर बिक्री गरेको पाइएको छ ।

सेबोनले गत असार १ गते विभिन्न सेयर मूल्यमा चलखेल गरेको भन्दै सूची सार्वजनिक गरेको थियो । कम्पनीको सूची सार्वजनिक भएपछि पुँजीबजारमा नयाँ तरंग पैदा भयो । सेबोनले अध्ययन बिना नै सूची सार्वजनिक गरेको र कतिपय कम्पनीको सेयर कारोबार लामो समयसम्म रोक्का हुँदा पनि त्यस्ता कम्पनीको नाम सूचीमा समावेश भएको भन्दै बाहिरबाट आलोचना पनि भयो ।

सेबोनले सूची सार्वजनिक गर्ने निर्णय गरेको भोलिपल्ट बजारमा लगानीकर्ता अताल्लिएको समेत देखियो । सेबोनले तत्कालीन समयमा सेयर कर्नरिङ गर्ने, अस्वभाविक रुपमा मूल्य बढाउने गरेको भन्दै त्यसमा लगानीकर्ता सचेत रहन आग्रह गर्दैै उक्त सूची सार्वजनिक गरेको थियो ।

कस्ले कति रकम बराबरको सेयर बिक्री गरे ?
क्लिकमाण्डूलाई प्राप्त जानकारी अनुसार सेबोनले सूची सार्वजनिक गरेको दिन र अघिल्लो दिन विभिन्न १० वटा कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको पाइएको छ ।

जसमा सबैभन्दा धेरै प्रुडेन्सियल इन्भेष्टमेन्टठ कम्पनीले २ दिनमा २९ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ । त्यसैगरी दुर्गा तिवारी रिजालले २८ करोड, ग्लोवल आइएमई समुन्नतले २५ र २४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ ।

ग्लोबल आइएमई क्यापिटलले २२ करोड, लक्ष्मी ढुंगेलले १६ करोड, नबिन केसीले १३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेका छन् ।


क्लिकमान्डु