बुधबारको प्रि-ओपनिङमा १.१५ अंकले बढ्यो नेप्से, ६२ कम्पनीको कारोबार



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १.१५ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ६२ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २० वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रि-ओपनिङमा आरएमडीसी लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनी, निर्धान उत्थान लघुवित्त, महालक्ष्मी विकास बैंक, गोर्खाज फाइनान्स, जीवन विकास लघुवित्त र एनआइसी एसिया बैंकको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।

साथै न्याग्दी ग्रुप पावर, श्री इन्भेष्टमेन्ट, साधना लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत् परियोजना र ग्रीनलाइफ हाइड्रो कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु