तेह्रथुम पावर कम्पनीको आइपीओ आजदेखि
काठमाडौं । तेह्रथुम पावर कम्पनीले बुधबारदेखि आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्र्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको आइपीओ छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २३ गते निष्कासन बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।