मंगलबारको प्रि-ओपनिङमा ५.५७ अंकले बढ्यो नेप्से, ६५ कम्पनीको कारोबार



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ५.५७ अंकले बढेर ३१८६.४७ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा कुल ६५ वटा कम्पनीको कारोबार भएको छ । जसमा २९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा शिवम् सिमेन्ट, कालिका पावर कम्पनी, ज्योति लाइफ इस्योरेन्स, जीवन विकास लघुवित्त, प्राइम कमर्सियल बैंक, युनियन लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु