आइपीओबाट ४५ अर्ब भारतीय रुपैयाँ उठाउने अर्बपति गौतम अडानीको योजना सेबीले रोक्यो



आइपीओबाट ४५ अर्ब भारतीय रुपैयाँ उठाउने भारतीय अर्बपति गौतम अडानीको योजना रोकिएको छ । भारतको सेयर बजारको नियमनकारी निकाय(सेबी)ले अडानीको कम्पनी अडानी विल्मरलाई आइपीओ निकाल्न प्रतिबद्ध लगाएको हो ।

सेबीले अडानी इन्टरप्राइजेज बिरुद्ध विदेशी पोर्टफोलियो लगानी(एफपीआई) जाँच गरिरहेको छ । अडानी विल्मरले आइपीओ मार्फत ४५ अर्ब भारतीय रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिक रहेका अडानीमाथि सेबीले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

सेबीको नियम अनुसार आइपीओको लागी आवेदन दिने कम्पनी कुनै विभागले अनुसन्धान गरेमा ९० दिनसम्ममा आइपीओको अनुमति नदिन सक्छ ।
गत जूनमा सेबीले बजेट एयरलाइसेन्स गो फस्र्टको आइपीमो प्रतिबन्ध लगाएको थियो ।

अदानी विल्मर अडानी इन्टरप्राइजेज र सिंगापुर स्थित विल्मर इन्टरनेशनल को बीच एक संयुक्त कम्पनी हो ।

अडानी इन्टरप्राइजेको अडानी विल्मर मा ५० प्रतिशत शेयर छ । कम्पनी खाद्य तेल उत्पादन को व्यापार मा संलग्न छ । यस बाहेक, कम्पनीले बासमती चामल, आटा, मैदा, सूजी, रवा, दाल र बेसार जस्ता बस्तुहरुको उत्पादन र बिक्री गर्ने गर्छ । धेरैजसो उत्पादनहरु फर्च्यून ब्रान्ड नाम अन्तर्गत आउँछन्।

अदानी विल्मरको योजना २०२७ सम्म भारतको सबैभन्दा ठूलो खाद्य कम्पनी बन्ने रहेको छ। यसको लागि कम्पनीले आइपीओ निकाल्न लागेको हो ।

अडानी समूहका सेयर बजारमा सूचिकृत ६ वटा कम्पनीमा ५ को बजार पूँजीकरण १ लाख करोड भारतीय रुपैयाँ भन्दा बढी छ । अडानी ग्रुपको सेयर बजारमा सूचिकृत कम्पनीहरुमा अदानी इन्टरप्राइजेज, अदानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन, अदानी ट्रान्समिशन, अदानी पावर, अडानी टोटल ग्याँस र अदानी ग्रीन एनर्जी छन्।


क्लिकमान्डु