बुधबारको प्रि-ओपनिङमा ५८ कम्पनीको सेयर मूल्य बढ्यो, १०.८९ अंकले बढ्यो नेप्से

154
Shares

काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १०.८९ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ७५ वटा कम्पनीको कारोबार भएको छ । जसमा ५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो तामाकोसी, गुडविल फाइनान्स, वरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, कामना सेवा विकास बैंक तथा रिडी हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

Skip This