ब्याज आम्दानी घट्दा कृषि विकास बैंकले बढायो ११ % ले नाफा



काठमाडौं । ब्याज आम्दानी घटेपनि कृषि विकास बैंकले नाफा ११ प्रतिशतले बढाएको छ ।

कृषि विकास बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

बैंकको नाफा बढेपनि आम्दानीको मुख्य स्रोत मानिने ब्याज आम्दानी भने घटेको छ । गतवर्ष कृषि विकास बैंकले ब्याज आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो ६ अर्ब ७१ करोड रुपैयाँ गरेको थियो ।

बैंकले ट्रेडिङ र अन्य आम्दानी भने बढाएको छ । ट्रेडिङ आम्दानी गतवर्ष ९५ करोड गरेको छ भने अन्य संचालन आम्दानी ५० करोड गरेको छ । जुन अघिल्लो वर्ष ट्रेडिङ ३९ करोड तथा अन्य संचालन आम्दानी ३ करोड ५९ लाख थियो ।

१६ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको कृषि विकास बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ६२ अर्ब रहेको छ कर्जा १ खर्ब ५२ करोड रहेको छ ।
बैंकले गतवर्षको नाफाबाट मात्र सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा छ । यस्तै पूँजीकोष अनुपात २३.१३ प्रतिशत छ । ७३.५३ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । ७.१३ प्रतिशत बेसरेट छ भने ४.३७ प्रशित स्प्रेडमा बैंकले काम गरेको छ ।


क्लिकमान्डु