दोस्रो लहरको महामारीमा डेढ अर्बबढीको अक्सिजन कन्सर्नट्रेटर आयात



काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा उल्लेख्य रुपमा अक्सिजन कन्सर्नट्रेटर आयात भएको छ ।

नेपालमा दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको निकै अभाव भएको थियो । सो समयमा विभिन्न देशबाट अक्सिजन कन्सर्नट्रेटर आयात गरेको व्यवसायीहरू बताउँछन् ।

आव २०७७/७८ मा नेपालले १ अर्ब ८० करोड ८९ लाख रुपैयाँ बराबरको ३९ हजार २ सय ८८ वटा अक्सिजन कन्सर्नट्रेटर आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयातित कन्सर्नट्रेटरबाट नेपालले ३ लाख ७७ हजार मात्रै भन्सार महशुल उठाएको छ ।

गत वर्ष उक्त कन्सर्नट्रेटर सबैभन्दा बढी चीनबाट गरेको छ । चीनबाट मात्रै गत वर्ष नेपालले १ अर्ब ५१ करोड बराबरको १७ हजार ८ सय ९८ वटा कन्सर्नट्रेटर आयात गरेको छ ।

चीनपश्चात भारतबाट ४ करोड बराबरको १९ हजार ४ सय ६३ वटा, ताइवानबाट ६ करोड ६९ लाख रुपैयाँ बराबरको ७ सय ५१ वटा, अमेरिकाबाट १३ करोड ७१ लाख रुपैयाँ बरारबरको ७ सय ७ वटा र अन्य देशहरूमा जर्मनी, आइरल्यान्ड, इटली, मलेसिया, मेक्सिको, स्वीकजरल्यान्ड, युएई, थाइल्यान्ड, बेलायतलगायत अन्य देशबाट आयात भएको छ ।


क्लिकमान्डु