मानुषी लघुवित्तको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता सेयरमध्ये कर्मचारी र सामूहिक लगानीक कोषलाई बाँडफाँट गरेपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओ बुधबार निष्कासन भइ छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड छ ।


क्लिकमान्डु