नाडाको ४५ औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५औं वार्षिक साधारण सभा तथा २१औ निर्वाचन स्थगित भएको छ । साउन १५ गते बसेका नाडाको केन्द्रीय कार्य समितिको १३औं बैठकले नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन भदौ २५ गते गर्ने निर्णय गरिएको थियो ।

कोरोना संक्रमणको दर बढ्दै गएको र तेस्रो लहर समेत आउन सक्ने खतराको कारण सभा तथा निर्वाचन स्थगित गरिएको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सभा र सम्मेलन नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।


क्लिकमान्डु