टेकुमा खुल्यो गोदरेज मोडुलर किचनको नयाँ शाखा



काठमाडौं । गोदरेज मोडुलर किचन कम्पनीले टेकुमा नयाँ शाखाको उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी हुन् ।

हालसम्म यस कम्पनीले ७ वटा सहर काठमाडौं, भैरहवा, बारा, रुपन्देही, पोखरा र गैंडाकोटमा गरी कुल ८ वटा शाखा बिस्तार गरिसकेको छ । गोदरेज नेपालतर्फको एकल आधिकारिक वितरक एसपी इन्टेरियो सोलुसन प्रालिले सो कार्यक्रममार्फत् आफ्नो डिलरसिप र च्यानल पार्टनरसिप नेप्का इन्टेरियोलाई प्रदान गरेको छ ।

‘स्टिल बेस्ड सामग्रीको प्रयोग भएको हुनाले सड्ने वा बिग्रिने डर नहुने र एक ठाँउबाट अर्को ठाँउमा सार्न सजिलै सकिने भएकाले हामी अरु इन्टेरियर कम्पनीभन्दा फरक छौ,’ उत्त शाखाका एमडी प्रकाश खड्काले भने ।

कम्पनीका सामग्रीमा १५ वर्षको पूर्ण वारेण्टी रहेको र सामग्री पनि एक ठाँउबाट अर्को ठाँउमा सजिलै सार्न सकिने कम्पनीको भनाइ छ ।
‘कोरोना महामारीले रोकिएको कोटेश्वर शाखा पनि हामी छिट्टै खोल्ने तयारीमा लागिपरेका छौ,’ गोदरेज आधिकारिक वितरक एसपी इन्टेरियो सोलुसन प्रालिका निर्देशक पदम ज्ञवालीले बताए ।

साथै, यो किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरुमा छनौट गर्न सकिने तथा निःशुल्क मर्मत सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मुल्यको हिसाबले धेरै सस्तो पर्न जाने, कम्पनीले उल्लेख गरेको छ ।

यसैगरी, यो किचन किरा, साङ्ला, धमिराबाट पूर्णरुपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न सजिलो रहेको र किचनमा खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको कम्पनीले जानएको छ ।


क्लिकमान्डु