सेयर बजारमा उछाल आउँदा कारोबार रकम फेरि १७ अर्बमाथि



काठमाडौं । मंगलबार सेयर बजारका लगानीकर्ता विकास बैंक र फाइनान्स कम्पनीको सेयरमा आकर्षित हुँदा नेप्से परिसूचकमा उछाल आएको छ । नेप्से परिसूचक ५२.०६ अंकले बढेर ३१६१.६५ अंकमा पुगेको छ । यो दिन ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विकास बैंक र फाइनान्स उपसमूहमा भारी उछाल देखिएको छ । यो दिन जलविद्युत र होटल तथा पर्यटन उपसमूहबाहेक सबैमा वृद्धि देखिएको छ ।


क्लिकमान्डु