काठमाडौंमा निषेधाज्ञा कडा बनाइँदै, बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आगामी बिहीबारदेखि भदौ ५ गतेसम्म राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन नपाइने उल्लेख गरिएको छ ।

‘स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने तथा अत्यावश्यक बाहेकका अन्य निजी एवम्, सार्वजनिक सवारी साधनहरु ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ सूचनामा भनिएको छ ।

साथै उक्त अवधिभरी सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्राहलय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/गराउन नपाइने उल्लेख छ ।
साथै निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ ।


क्लिकमान्डु