सरकारलाई मैले एमसीसी पास गराउनु पर्छ भनेको भिडियोको सहारा लिनु परेको छः ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास गर्ने विषयमा आफूले बोलेको भिडियो क्लिप देखाएर माहोल बनाउनु परेको बताएका छन् ।

‘एमसीसी पास गर्ने विषयमा मैले बोलेको भिडियो देखाउनु परेको छ, अब स्पष्ट रुपमा भन्न सक्नु पर्छ एमसीसी पास गर्ने कि नगर्ने ?’ उनले भने –
‘प्रधानमन्त्रीज्यू ठोकेर भन्नु त सरकारको एमसीसी पास गर्ने विषयमा के हो नीति ?’ ।

उनले १६५ जनाको सबल जत्थाले यस विषयमा के भन्छ भन्दै प्रतिप्रश्न समेत गरे । उनले सरकारले यस विषयमा स्पष्ट रुपमा नीति के हो सार्वजनिक गर्नुपर्ने बताए ।

उनले १६५ जनाको साथ पाएको बेलामा तुरुन्तै एमसीसीको प्रस्ताव पेश गरेर पास गर्न आग्रह समेत गरे ।

‘१६५ जना हुनुहुन्छ, तुरुन्तै पेश गर्नुहोस् सबैले ताली बजाउनुहोस् । पारित हुन्छ,’ उनले भने ।


क्लिकमान्डु