सुनको मूल्य २ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो भने मंगलबार ८८ हजार ७ सय ५० रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ मूल्य कायम भएको छ ।


क्लिकमान्डु