मैलुङ खोला हाइड्रोको आइपीओ बाँडफाँट, २० लाखको हात खाली



काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले विहान ९ बजे उक्त आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले आइपीओ हात पारेका छन् ।

कम्पनीको आइपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो ।


क्लिकमान्डु