हुन्डाई एन-लाइन सिरिज भारतमा आउँदै



एजेन्सी । दक्षिण कोरियन कार निर्माता कम्पनी हुन्डाईको एन–लाइन सिरिज लोकप्रिय कारको रुपमा रहेको छ । तर हुन्डाईले भारतीय बजारमा एन–लाइन सिरिजको कार बिक्री वितरण शुरु गरेको छैन । कम्पनीले आधिकारिक रुपमा भारतीय बजारमा एन–लाइन सिरिज ल्याउने घोषणा गरेको छ ।

मिडिया रिपोर्टअनुसार हुन्डाई आफ्नो एन–लाइन सिरिजअन्तर्गत आफ्नो पहिलो प्रिमियम ह्याचब्याक आई२० एन–लाइन भेरियन्टको रुपमा सार्वजनिक गर्नेछ । हुन्डाईले आई२० एन–लाईन सिरिज सन् २०२० को अक्टोबरमा सार्वजनिक गरेको थियो । यो कार धेरै देशमा बिक्री वितरण भइरहेको छ ।

हुन्डाई आई२० एन–लाइन भारतीय सडकमा टेस्टिङको क्रममा देखिएको छ । नयाँ एन–लाइन सिरिजको बारेमा जानकारी दिँदै हुन्डाई मोटर इन्डियाका एमडी तथा सीईओ एसएस किमले भने, ‘हुन्डाई देशमा अग्रणी मोबिलिटी सोल्यूशन प्रदानकर्ताको रुपमा काम गरिरहेको छ ।

हुन्डाई ग्राहकको आकांक्षालाई नयाँ उचाईमा लग्ने उत्पादनका साथ मोबिलिटी ल्याडस्केपलाई पुनःपरिभाषित गरिरहेको छ । भारतमा हाम्रो एन लाइन रेञ्जको शुरुआतले ग्राहकलाई नयाँ स्पोर्टी एक्सपिरेनस प्रदान गर्छ । उहाँहरुले यस्तो अनुभव पहिले कहिले गर्नु भएको थिएन ।’

हुन्डाई आई२० एन–लाइन एक्सटेरियर
हुन्डाई आई२० एन–लाइनमा कम्पनीले एक्सटेरियरमा धेरै परिवर्तन देख्न सकिन्छ । नयाँ हुन्डाई आई२० एन–लाइन आफ्नो रेगुलर मोडल आई२० को तुलनामा धेरै स्पोर्टी हुनेछ ।

यसको सस्पेन्सरमा केही परिवर्तन गरिएको छ । हालको हुन्डाई आई२० मा १६ इन्चिको ह्वीलको सट्टा १७ इन्चिको अलो ह्वील राखिने सम्भावना छ । यसका साथै क्रोम फिनिस ट्विन–टिप एडजस्टर सिस्टम दिएको छ । यस्तै पछिल्लो बम्पर स्ट्यान्डर्ड मोडलको तुलनामा धेरै एग्रेसिभ हुनेछ ।

हुन्डाई आई२० एन–लाइन इन्टेरियर
भारतमा सार्वजनिक हुने हुन्डाई आई२० एन–लाइनको इन्टेरियर यसको अन्तर्राष्ट्रिय मोडल जस्तै हुनेछ । एक्सटेरियर जस्तै यसको इन्टेरियर पनि स्पोर्टी फिनिश देख्न सकिन्छ । यसमा एन–ब्राण्डेड अपहोल्स्ट्री, स्पोर्टी फ्रन्ट बकेट सीट, एन–ब्राण्डेड मल्टी फक्सनल स्टेयरिङ ह्वील, लेदर एन सिफ्ट गियर लिभर र मेटल प्याडल दिने सम्भावना छ ।

हुन्डाई आई२० एन–लाइन इञ्जिन
हुन्डाई आई२० एन–लाइन स्पोर्टी ह्याचब्याकमा १.० लिटर जीडीआई, ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिनका प्रयोग गरिनेछ । यो इन्जिनले ११८ बीएचपीको पावर र १७२ न्यूटन मिटर टर्क प्रदान गर्छ । यो ६ स्पीड आईएमटी वा ७ स्पीड डीसीटी गियरबक्समा उपलब्ध हुनेछ ।


क्लिकमान्डु