स्पष्टिकरण दिन्न, कारबाही भोग्न तयार छुः रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई



काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने बताएका छन् ।

सोमबार रेल्वे विभागमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने स्पष्ट पारेका हुन् ।

मन्त्रिपरिषदको साउन १५ गते बसेको बैठकले भट्टराईसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

‘रेल्वे बोर्डको महाप्रबन्धबाट बर्खास्त गर्ने बदनियतपूर्ण तवरले स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ । कार्यसम्पादन मूल्यांकनमा चित्त नबुझेको भन्ने स्पष्टिकरण सोधेको भए जवाफ दिन्थे,’ भट्टराईले भने, ‘राजनीतिक प्रतिसोश साँध्ने अभिप्रायाले स्पष्टिकरण सोधिएको छ । यसको जवाफ सरकारलाई दिन्न । कारबाही भोग्न तयारी छु ।’

भट्टराईलाई केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते कम्पनीको महाप्रबन्धमा नियुक्त गर्ने निर्णय गरेको थियो । भट्टराईले सामाजिक सञ्जालमा लेख्ने बिचारका कारण निकै आलोचित छन् । उनले सामाजिक सञ्जाल तथा फोनमार्फत्् समय समयमा धम्की पनि दिँदै आएका छन् ।


क्लिकमान्डु