सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीसँग अनुरोध



काठमाडौँ । सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौधौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

विभिन्न परम्परागत शिप तथा कला संरक्षणमा तथा प्रवर्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनी लिमिटेड ( विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमटेड) ले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुन चाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका हुन् ।

कम्पनीका प्रमुख संरक्षक तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले कम्पनीकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो । सो अवसरमा भेटमा सहभागीहरूले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।

भेटकाक्रममा नेपालका विभिन परम्परागत सिप तथा पेशा अन्तर्गत सुनचाँदी पेशाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा राजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने कुरामा जोड दिन प्रधानमन्ीसँग आग्रह गरिएको थियो ।

नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका संघसंस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकीरहेको अवसथामा ब्यवसायीकालागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था गरिदिन प्रधानमनत्री देउवासँग आग्रह गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागीहरूले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संस्थाका सल्लाहकार तथा संयोजक प्रकाश गहतराज, कम्पनी संरक्षक तथा सञ्जालका विशिष्ट सदस्य टेकबहादुर विश्वकर्मा कम्पनी महासचिव हेमबहादुर विश्वकर्मा, बागमती प्रदेश संयोजक रमेश रसाइली, बागमती प्रदेश महासचिव राजन भुजेल, आयोजक समिति संयोजक रामप्रसाद लकान्द्री, नीरकुमार विश्ववकर्मा, खेम तिरुवा लगायतको सहभागीता रहेको थियो ।


क्लिकमान्डु