साउन २७ गतेदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुला हुदै



काठमाडौ । मानुषी लघुवित्त वित्तीय सस्थाले साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कुल निष्काशन गरिने आइपीओमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीलाई छुट्याइएको छ । साथै, १९ हजार ६८८ कित्ता आइपीओ सामूहिक कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

आइपिओमा इच्छुक लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम १० कित्ता देखि १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि पनेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ । आइपिओमा मेरो सेयरबाट तथा धितोपत्र बोर्डबाट सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु