धनगढीका लागि उडेको बुध्द एयरको विमान काठमाडौंमा आकस्मिक अतवरण



काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान गरेको बुध्द एयरको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अतवरण गरिएको छ ।

सोमबार काठमाडौंबाट धनगढीका लागि उडान गरेको बुध्द एयरको ९एन-एनएमडी विमान उडान भरेको १० मिनेटमै हाइड्रोलिक फेल भएको थियो ।

विमान भरतपुरको आकाशबाट फर्काएर काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।

विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले बुध्द एयरको विमान आकस्मिक अतवरण गरिएको जानकारी दिए ।

उनका अनुसार हाइड्रोलिक फेल भएपछि अवतरण गर्नका लागि लामो रनवे आवश्यक पर्ने भएकाले काठमाडौंमै फर्किर अवतरण गरिएको थियो । काठमाडौं विमानस्थलमा अतवरण गर्ने क्रममा एम्बुलेन्स र दमकल साथ तैनाथ गरिएको थियो ।

तिवारीका अनुसार हाइड्रोलिक फेल भएपछि निश्चित स्थानमा विमान रोकिन नसक्ने भएकाले लामो रनवेका लागि काठमाडौं ल्याइएको थियो ।

आकस्मिक अतवरणपछि यात्रुहरूयात्रुहरुलाई अर्को विमानमा धनगढी पठाइएको थियो ।

त्यसैगरी सोमबारनै बुध्द एयरको अर्को विमान पनि काठमाडौंमै आपतकालीन अवतरण गरिएको छ ।

काठमाडौंदेखि नेपालगञ्जका लागि उडान गरेको विमान दाङको आकाशबाट काठमाडौं फर्किएको हो 

विमानमा सवार एकजना यात्रु बेहोस भएपछि विमान डाइभर्ट गरिएको विमानस्थललो जानकारी दिएको  


क्लिकमान्डु