वाणिज्य बैंकमा कर्जायोग्य रकम ३ खर्ब २० अर्ब, कुन बैंकको ऋण दिने क्षमता कति ?




काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, उक्त निक्षेपबाट बैंकहरुसँग ३ खर्ब २० अर्ब १५ करोड रुपैयाँमात्रै कर्जा दिने क्षमता छ ।

नेपाल राष्ट्र बैंकले कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सीमा ८५ प्रतिशत तोकेको छ । अर्थात् बैंकहरुले १०० रुपैयाँ निक्षेप संकलन गर्दा अधिकतम ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउँछन् ।

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुको औषत सीसीडी रेसियो ७७.३८ प्रतिशत छ । सो अवधिमा प्रत्येक वाणिज्य बैंकहरुको सीसीडी हेर्दा भने ६५.३७ प्रतिशतदेखि ८२.०२ प्रतिशतसम्म कायम छ ।

बैंकहरुको कर्जा क्षमता केन्द्रीय बैंकको प्रावधानअनुसार संकलित निक्षेप र कायम सीसीडी रेसियोले निर्धारण गर्छ । ग्राहकले बैंकहरुमा कर्जाको आवेदन दिएपछि उक्त बैंकमा कर्जायोग्य रकम नभएमा प्रक्रिया ढिलो हुन जान्छ । अर्थात् केन्द्रीय बैंकले तोकेको सीसीडीको सीमामा सहजता हुने गरी स्रोत संकलन गरेपछि मात्रै बैंकहरुले सहजै कर्जा पास गरी रकमान्तर गर्छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत आवको असार मसान्तसम्म संकलित निक्षेप र सो अवधिमा कायम सीसीडी रेसियोअनुसार कर्जा क्षमता ४ अर्ब १७ करोड रुपैयाँदेखि ४० अर्ब ३० करोड रुपैयाँसम्म रहेको छ ।

जसमा ८ वटा वाणिज्य बैंकको १५ अर्ब रुपैयाँदेखि ४० अर्ब ३० करोड रुपैयाँसम्म, ४ वटा बैंकको १० अर्ब रुपैयाँदेखि १५ अर्ब रुपैयाँसम्म, १३ वटा बैंकको ५ अर्ब रुपैयाँदेखि १० अर्ब रुपैयाँसम्म र २ वटा वाणिज्य बैंकको ५ अर्ब रुपैयाँभन्दा कम कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।

सीसीडी रेसियोको आधारमा बैंकहरुको कर्जा क्षमता हेर्दा गत असार मसान्तसम्म संकलित निक्षेपबाट सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षमता राख्दछ भने सो अवधिमा संकलित निक्षेप र सीसीडीको सीमाअनुसार सबैभन्दा थोरै कर्जा क्षमता सिभिल बैंकको रहेको छ ।

कुन बैंकको कर्जा क्षमता कति ?

राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँ कर्जा प्रवाह गर्न पाउने हो । सोहीअनुसार बैंकहरुको सीसीडी रेसियोअनुसार कर्जा क्षमता विश्लेषण गर्न सकिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकः असार मसान्तसम्म २ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

This image has an empty alt attribute; its file name is rastriya-banijya-bank-RBB-photo.jpg

बैंकको सीसीडी रेसियो ६९.७४ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ४० अर्ब ३० करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

ग्लोबल आइएमई बैंकः असार मसान्तसम्म २ खर्ब ८३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७६.३१ प्रतिशत कायम रहँदा सो निक्षेपबाट २४ अर्ब ६२ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

प्रभु बैंकः असार मसान्तसम्म १ खर्ब ६९ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७३.१७ प्रतिशत कायम रहँदा सो निक्षेपबाट २० अर्ब ८ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

एभरेष्ट बैंकः असार मसान्तसम्म १ खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७२.६२ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १९ अर्ब ९१ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

कृषि विकास बैंकः असार मसान्तसम्म १ खर्ब ६२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७३.३३ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १९ अर्ब २ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

नेपाल बैंकः असार मसान्तसम्म १ खर्ब ६२ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७४.३४ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १७ अर्ब ४३ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः असार मसान्तसम्म १ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७५.१२ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १७ अर्ब ३९ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

नेपाल बंगलादेश बैंकः असार मसान्तसम्म ८९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ६७.३७ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १५ अर्ब ७६ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

नबिल बैंकः असार मसान्तसम्म २ खर्ब २८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७९.३१ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १२ अर्ब ९७ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

एनआइसी एशिया बैंकः असार मसान्तसम्म ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८१.१२ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ११ अर्ब ६५ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

सिटिजन्स बैंकः असार मसान्तसम्म १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७७.४२ प्रतिशत कायम रहँदा सो निक्षेपबाट १० अर्ब ८४ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

नेपाल एसबिआइ बैंकः असार मसान्तसम्म १ खर्ब ६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७४.८६ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ९ अर्ब ६८ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

सिद्धार्थ बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ८५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८०.०९ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

एनएमबि बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ६६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७९.८१ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ८ अर्ब ६४ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

प्राइम बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७९.६१ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ८ अर्ब ६१ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

हिमालयन बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ४९ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७९.२४ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ८ अर्ब ६० करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

बैंक अफ काठमाण्डूः बैंकले असार मसान्तसम्म १ खर्ब ४ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ७७.७८ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

माछापुच्छ्रे बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८०.०९ प्रतिशत कायम रहँदा सो निक्षेपबाट ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिने क्षमता छ ।

मेगा बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ४५ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८२.०२ प्रतिशत हुँदा उक्त निक्षेपमा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

कुमारी बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ५७ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८१.०१ प्रतिशत हुँदा उक्त निक्षेपमा बैंकले ६ अर्ब २७ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

सानिमा बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८०.६० प्रतिशत हुँदा बैंकले उक्त निक्षेपबाट ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

सनराइज बैंकः बैंकले असार मसान्तसम्म १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८०.४१ प्रतिशत हुँदा उक्त निक्षेपबाट बैकले ५ अर्ब ६ करोड रुपैयाँ कर्जा दिन सक्ने क्षमता छ ।

सिभिल बैंकः बैंकले असार मसान्तसम्म ९० अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सीसीडी रेसियो ८०.३८ प्रतिशत हुँदा बैंकले सो निक्षेपबाट ४ अर्ब १७ करोड रुपैयाँ कर्जा दिन क्षमता छ ।


क्लिकमान्डु