मधुमेह भएको छ ? भिन्डीको जुश पिउनुस्



एजेन्सी । तरकारीमा भिन्डी कत्तिको सेवन गर्नुभएको छ ? सामान्यतया यसलाई चिप्ले भिन्डीका रुपमा चिनिन्छ । तर, यो मधुमेह रोगको उपचारका लागि खास हो भन्ने कुरा कमै मानिसलाई मात्रै थाहा छ ।

मधुमेहले असाध्यै सताएको छ भने भिन्डीको नियमित प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंको तरकारीलाई पनि स्वादिलो बनाउँछ भने तपाईंको स्वास्थ्यको समेत सुरक्षा गर्छ । जानकारहरुका अनुसार भिन्डीको रस बनाएर नपकाइन पनि सिधै प्रयोग गर्न सक्नुहुन्छ ।

नेपाल र भारतजस्ता देशमा मधुमेहका बिरामीको संख्या असाध्यै बढी छ । भारतलाई मधुमेहको राजधानीका रुपमा समेत लिइन्छ । विश्व मधुमेह संघका अनुसार आगामी दिनमा यो समस्या अझै बढेर जाने देखिएको छ ।

एक पटक मधुमेह भएपछि त्यसले जीवनभर नै समस्यामा पार्न सक्छ । उक्त बिरामीका लागि औषधीको प्रयोग तथा सावधानी गर्नुपनि उत्तिकै महत्वपूर्ण हुन जान्छ ।

उक्त रोगमा विशेषगरी मीठो भनिने गुलिया सामग्रीको खानपानमा विशेष सावधानी अपनाउनु जरुरी छ । यदि तपाईं मधुमेहको बिरामी हो भने सुगरलाई नियन्त्रणमा राख्नका लागि भिन्डीको प्रयोग सबैभन्दा उत्तम हुन जान्छ । केही शोधले भनेको छ– भिन्डी सुगर नियन्त्रण गर्नका लागि सहयोगी हुन्छ ।

एक स्वास्थ्य जर्नलमा छापिएको विवरण अनुसार भिन्डीको नियमित प्रयोग गर्नेको सुगर नियन्त्रणमा रहन्छ ।

उक्त शोध भारतको पुडेचेरीमा गरिएको थियो । पुडेचेरीको पाँच गाँउमा गरिएको अध्यन अनुसार मधुमेहका बिरामीलाई भिन्डी नियमित रुपमा सेवन गराइएको थियो ।

त्यसमा अधिकांश मधुमेहका बिरामी थिए । त्यसमा मधुमेह भएका बिरामीलाई नियमित रुपमा भिन्डी सेवन गराउँदा राम्रो नजिता आएको थियो । शोधमा संलग्न चिकित्सकले नियमित रुपमा भिन्डीको जुश बनाएर सेवन गराएका थिए ।

नियमित रुपमा ५० ग्राम भिन्डीको जुस सेवन गराइएको थियो । तीन महिना नियमित रुपमा भिन्डीको जुश खुवाउँदा सुगरको मात्रा नियमित भयो । नियमित भिन्डी सेवन गर्दा आन्द्रामा हुने समस्या तथा सुगर समेत नियमित भएको छ । अनुसन्धानले पत्ता लागेको यो तथयलाई आत्मसात् गर्दै आजैदेखि भिन्डी सेवन गर्दा त्यसबाट फाइदा हुन्छ ।


क्लिकमान्डु