नविल बैंक र युनाइटेड फाइनान्सले आजदेखि एकीकृत कारोबार शुरु गर्ने



काठमाडौं । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंकले आजदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।

प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले गत असार १५ गते स्वीकृति दिएसँगै प्रक्रिया अघि बढेको थियो । अब युटाइटेड फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुले प्रादेशिक÷शाखा कार्यालयका रुपमा सञ्चालन हुनेछन् ।

यसअघि दुबै संस्थाका तथ्यांकहरुलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नका लागि गत असार २५ गते शुक्रबार दिउँसो ४ बजेदेखि आइतबार विहान ९ बजेसम्म काम गरिएको नबिल बैंकले जानकारी दिएको छ ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ प्रतिशत स्वाप रेसियोमा प्राप्तिको सम्झौता गरेको थियो ।


क्लिकमान्डु