स्मार्टडोकोले ल्यायो ‘मनसुन अफर’, ७३% सम्म छुट र हरेक दिन सामसुङको घडी जित्ने अफर



काठमाडौं । ई-कमर्श प्लेटफर्म कम्पनी स्मार्टडोकोले ग्राहकका लागि विशेष अफर ल्याएको छ ।

कम्पनीले ‘स्मार्टडोको मनसुन अफर’अन्तर्गत ग्राहकका लागि विशेष छुटको अफर ल्याएको जानकारी दिएको छ ।

स्मार्टडोको अनलाइनबाट ग्राहकले १५ सय रुपैयाँभन्दा माथिको खरिद गर्दा हरेक दिन सामसुङको घडी जित्न सक्नेछन् । त्यसैगरी हिमालयन बैंकका क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोगकर्ताले ५ सय रुपैयाँसम्मको खरिदमा १५ प्रतिशत क्यास ब्याक पाउनेछन् ।

साथै कम्पनीले मनसुन र समरका सामग्रीमा, इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनसँग सम्बन्धि सामग्री खरिदमा ७३ प्रतिशतसम्म छुट पाउने जानकारी दिएको छ ।

स्मार्टडोकोले सामसुङ, भिडियोकोन, हाइसेन्स, डाक्टर ब्राउन्स, क्रेन, सिजीलगायतका ब्राण्डका उत्पादनहरु बिक्री गर्र्दै आएको छ । ग्राहकहरुले १० हजारभन्दा बढी प्रडक्ट स्मार्टडोको प्लेटफर्मबाट खरिद गर्न सक्छन् । स्मार्ट डोको अनलाइनमा बेबी केयरदेखि इलेक्ट्रिोनिक्स, खाना तथा ग्रोसरीका सामानका साथै कोभिडसँग सम्बन्धित सामग्रीसँगै हेल्थ एण्ड ब्यूटी, होम एण्ड लिभिङसँग सम्बन्धि प्रडक्टहरु उपलब्ध छन् ।

स्मार्टडोकोले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँसम्मको खरिदमा निःशुल्क डेलिभरी गर्दै आएको छ ।

स्मार्टडोको अनलाइन आइएमस ग्रुपले खरिद गरेसँगै अग्रणी अनलाइन केन्द्र बन्न पुगेको छ ।


क्लिकमान्डु