अनुमति पाएसँगै शिवमले शुरु गर्यो ५३ ग्रेडको सिमेन्टको उत्पादन



काठमाडौं । शिवम् सिमेन्टले नेपालमा पहिलो पटक एनएस–५७२ अन्तर्गत ५३ ग्रेडको सिमेन्टको उत्पादन शुरु गरेको छ । नाप तौल विभागबाट अनुमति पाएसँगै कम्पनीले उत्पादन शुरु गरेको हो ।

शिवमले यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो ।

५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोउत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै बिक्री वितरण गर्ने तथा एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।

यसभन्दा पहिले नेपाल गुणस्तर तथा नापतौल विभागले एन.एस–४९ प्रामाणिकरण गर्दै आइरहेको थियो । जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए ।

नेपालमा एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एनएस– ५७२ प्रमाणिकरण गर्नु अनिवार्य छ ।

जसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित क्लिङकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआइ, यूआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।


क्लिकमान्डु