कोरोनाको दुबै खोप लगाउनेलाई श्री एयरलाइन्सले टिकटमा १० प्रतिशत छुट दिने

777
Shares

काठमाडौं । श्री एयरलाइन्सले कोरोना विरुद्धका दुबै खोप लगाएका यात्रुलाई टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ । एयरलाइन्सका प्रबन्धक (कर्पोरेट) अनिल मानन्धरले कोरोना खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने जानकारी दिए

‘हाल भइरहेको उडानलाई थप सुरक्षित होस् वा नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्नका गर्ने उद्देश्यले खोपको दुबै डोज लगाएका यात्रुहरुलाई भाडामा छुट दिने निर्णय गरिएको छ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनका अनुसार यो छुट लिनका लागि कम्पनीको कार्यालयमै टिकट काट्नुपर्ने हुन्छ । इसेवा वा अन्य अनलाइनमार्फत् टिकट काट्ने यात्रुले भने उक्त सुविधा पाउने छैनन् ।