सिन्धु विकास बैंकको २४औं शखा सिन्धुपाल्चोकको लामोसाँघु बजारमा



काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले असार ११ गते शुक्रबार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा बैंकको २४औं शाखा स्थापना गरेको छ ।

शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरे ।

हाल सम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति नरहेको उक्त स्थानमा स्थानीयबासीलाई सघन वित्तीय पहुँच पुर्याउने उद्देश्यले उक्त शाखाको स्थापना भएको श्रेष्ठले बताए ।

उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, एटीएम÷डेबिट कार्ड, क्यूआर कोडलगायतका सेवा उपलब्ध हुनेछ ।


क्लिकमान्डु