दीपक श्रेष्ठको नेतृत्वमा चेम्बर अफ कमर्सले गठन गर्यो रोजगारदाता समिति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले दीपक श्रेष्ठको नेतृत्वमा रोजगारदाता समिति गठन गरेको छ ।

चेम्बरका उपाध्यक्षसमेत रहेका श्रेष्ठको सभापतित्वमा गठन भएको समितिमा बिनायक शाह र मोहन कटुवाल सहसभापतिका रुपमा नियुक्त भएका छन् ।

त्यस्तै, समितिको सदस्यहरुमा बीरेन्द्र नाथ भट्टराई, सैवल घोष, नितिन जलान र रोजन कर्माचार्यले जिम्मेवारी पाएका छन् ।

उक्त समितिको सल्लाहकारमा रण बहादुर श्रेष्ठ चयन भएका छन् ।

रोजगार क्षेत्रका समस्या र त्यसको समाधानका लागि निजी क्षेत्रबाट पहल गर्न चेम्बरले यस्तो समिति बनाएको हो । औपचारिक र अनौपचारिक दुवै क्षेत्रका रोजगारदाता र कामदारसँग सम्बन्धित विषयहरु यो समितिको कार्यक्षेत्रभित्र रहनेछ ।


क्लिकमान्डु