९५ लाख खर्चेर एफवान इन स्कुल नेपालमा सञ्चालन हुने



काठमाडौं । विगत एक दशक देखि मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले मोटर स्पोर्ट्सकै नविनतम कार्यक्रम लिएर उपस्थित भएको छ ।

मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी फेडेरेसन इन्टरनेसनल डी अटोमोवाइल (एफआईए) को सहयोग तथा मोटर स्पोर्ट्सको विश्व विख्यात ब्रान्ड फर्मुला वानको भियानमा एफवान इन स्कुलको नेपाली भर्सन स्कुल टु ट्रयाक शुरु गर्न लागिएको हो ।

नेपालका स्कुल÷कलेजका २ सय विद्यार्थीमाझमा चलाइने यो अभियानको सुरुवाती चरणमा एसटीईएम च्यालेन्ज अन्तर्गत एफवान इन स्कुल सम्बन्धि तालिम दिइनेछ भने फाइनल राउण्डमा ३० जनाको प्रयोगाक्तमक तालिम र जुनियर स्तरको कार्टिङ प्रतियोगिता आयोजना गरिनेछ । ईन्जिनियरिङ तथा व्यवस्थापन कलेजका महिला विद्यार्थीहरु बिचमा हुने सो अभियान सन् २०२१ जुनदेखि आगामी डिसेम्बरसम्ममा सञ्चालन गरिनेछ ।

यो अभियानका लागि कुल ९५ लाख रुपैयाँ खर्च लाग्ने छ । सो अभियानमा एफआईएको तर्पmबाट ७० लाख रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग हुनेछ भने बाँकी रकम नासा नेपाल, सम्बन्धित कलेज तथा स्पोन्सरहरुबाट उठाइनेछ ।


क्लिकमान्डु