उद्योग परिसंघको साधारणसभा साउन ६ गते तोकियो, राष्ट्रिय परिषदको निर्वाचन हुने



काठमाडौं । नेपाल उद्योग परिसंघ १८औं वार्षिक साधारणसभा साउन ६ गते हुने भएको छ । परिसंघले सोही दिन राष्ट्रिय परिषद् सदस्यहरुको निर्वाचन हुने पनि जनाएको छ ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड तथा नियमलाई मध्यनजर गरी भौतिक रुपमा र भर्चुअल रुपमा साधारण सभा सम्पन्न गरिने संघले जनाएको छ ।

त्यस्तै, भौतिक रुपमा उपस्थित भएर मतदान हुन सक्ने अवस्था नभएमा भर्चुअल माध्यम र भौतिक रुपमा गरी मिश्रित रुपमा पनि साधारण सभा गर्ने जनाइएको छ ।

साउन ६ गते नै परिसंघको कार्यक्रम एवं गतिविधि सम्बन्धी प्रतिवेदन र आर्थिक वर्ष २०७६÷७७ को आयव्यय विवरण तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साधारण सभा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

राष्ट्रिय परिषद सदस्यहरुको निर्वाचन परिणामलगत्तै उपाध्यक्षहरुको निर्वाचनको मिति तोकिने परिसंघले जनाएको छ ।


क्लिकमान्डु