आन्तरिक हवाई उडान असार १७ गतेदेखि गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आन्तरिक हवाई उडान असार १७ गते (जुलाई १) देखि शुरु गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत असार ७ गते बसेको बैठकले गरेको निर्णयका आधारमा ५० प्रतिशत मात्रै उडान संख्यालाई सीमित राखी आन्तरिक हवाई उडान शुरु हुनेछ ।

मन्त्रिपरिषदले आन्तरिक हवाई उडान शुरु गर्नका लागि आवश्यक व्यवस्था गर्नका लागि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । जसअनुसार आज पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको बैठक बसेको थियो । बैठकले ५० प्रतिशत उडान संख्यामा शुरु गर्ने निर्णय गरेको हो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले आफूहरुले भोलिदेखि नै हवाई उडान शुरु गर्न पनि तयार रहेको बताए ।

निजी हवाई कम्पनीका सञ्चालकहरुले यथासक्य छिटो हवाई उडान शुरु गर्नुपर्ने माग राख्दै आएका थिए ।


क्लिकमान्डु