एनएमबि बैंकले ३१० जनाका लागि जागिर खुलायो (विज्ञापनसहित)



काठमाडौं । एनएमबि बैंकले भारी संख्यामा कर्मचारीमा माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न पदमा ३ सय १० जनाको लागि  जागिर खुलाएको हो ।

बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको हो ।

जसमा ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन माग गरेको हो ।

माग गरिएको ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना माग गरेको छ ।
तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिनसक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु