नबिल बैंकको कोर बैंकिङ सिस्टम स्तरोन्नती सम्पन्न, सम्पूर्ण सेवा शुरू



काठमाडौं । नबिल बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवाहरु पुनः शुरु गरेको छ । कोर बैंकिङ सिस्टम (सीबीएस) को स्तरोन्नति गर्न बैंकले गत शुक्रबारदेखि आफ्ना सम्पूर्ण बैंकिङ कारोबार स्थगित गरेको थियो ।

सम्पूर्ण स्तरोन्नतिको कार्य सम्पन्न भएकाले सोमबार (आज)देखि सम्पूर्ण बैंकिङ कारोबारहरु शुरु गरिएको बैंकले जानकारी दिएको छ ।

असार ४ गते शुक्रबार दिउँसो ४ बजेदेखि पूर्णरुपमा बन्द रहेको बैंकको सबै शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम, रेमिट्यान्स लगायतका सेवा र बैंकिङ कारोबार सोमबार बिहान १० बजेदेखि पुनः शुरु गरेको हो ।


क्लिकमान्डु