अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत



काठमाडौं ।  नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरे ।

अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍ याउने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु