लक्ष्मी बैंकको युरो कप योजनाः प्रेडिक्ट एन्ड विन अफर



काठमाडौं । लक्ष्मी बैंकले युरोकपलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । बैंकले एफवान सफ्टसँग मिली ‘प्रेडिक्ट एन्ड विन’ अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत युरो कप २०२१ शुरु भएको दिन जुन ११ देखि शुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ ।

यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताले ५० एमबीपीएस को १ वर्ष अवधिको ईन्टरनेट निःशुल्क पाउने छन् ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा शुरु गरेको हुनुपर्दछ । र, मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् ।

क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकमध्येबाट लक्की ड्र मार्फत् ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहक महानुभावहरुले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउने छन् । ती धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यती नै धेरै जित्ने मौका पाइनेछ ।


क्लिकमान्डु