चीनमा सूचना प्रविधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च



एजेन्सी । संसारभरका अन्य देश कोरोनाको कहरमा जुधिरहेका बेला चीनमा भने सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो लगानी भएको छ ।

विवरणहरुमा जनाइएअनुसार चीनको त्यस क्षेत्रमा वार्षिक १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ ।

कोभिड-१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि-मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी)ले जनाएको छ ।

चिनियाँ सरकारले यसवर्ष आफ्नो १४औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न शुरू गरेको छ । चीनले आगामी वर्षहरूमा प्रबिधि बिकासको खर्चलार्ई बृद्धि गर्ने आईडीसीले जनाएको छ ।

तथ्यांक अनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शाङ्घाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आईटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पुर्याएको छ ।


क्लिकमान्डु